Advertisement

केल्भिन क्लाईन र लिभाइज जस्ता अन्तराष्ट्रिय ब्राण्डमा नेपाली मोडल || Anjali Lama in TOUGH talk

केल्भिन क्लाईन र लिभाइज जस्ता अन्तराष्ट्रिय ब्राण्डमा नेपाली मोडल || Anjali Lama in TOUGH talk मोडलिङ सोहरुमा उहाँको चर्चा हुने गरेको छ । अन्तराष्ट्रिय रुपमा समेत उहाँको चर्चा चुलिनुको कारण हो, उहाँको फरक पहिचान । जन्मदा पुरुषको रुपमा जन्मिनु भएकी उहाँ अहिले महिलाको भेषमा हुनुहुन्छ । अर्थात आफूलाई तेस्रोलिंगीको पहिचान दिलाउनु भएको छ । तेस्रोलिंगी समूदायबाट अन्तराष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उहाँ नेपालको पहिलो मोडल पनि हुनुहुन्छ ।
यो समूदायको संख्या कति छ भन्ने सरकारी तथ्यांक नभएपनि नीलहीरा समाज र अमेरिकी संस्था विलियम्स इन्स्टिच्युटले सन २०१३ मा गरेको एक अध्ययन अनुसार ‘एलजीबीटीआईक्यू’ भनिने अञ्जली जस्ता लैङ्गिक र यौनिक अल्पसंख्यकको संख्या नेपालमा करिब नौ लाख छ । र विश्वभरमा कुल जनसंख्याको १ दशमलब २ प्रतिशत रहेको हनुमान गरिएको छ ।
नेपालको संविधान र कानूनले लैगिक तथा यौनिक अल्पसंख्यकहरुलाई समानताको अधिकार दिएको छ । नागरिकता, पासपोर्ट, वैवाहिक प्रमाणपत्र लगायतका प्रशासनिक कागजात महिला र पुरुष बाहेक ‘अन्य’ पहिचानबाट पनि प्राप्त गर्न कानूनी बन्देज छैन । तर संविधान र कानूनले अधिकारको सुनिश्चिता गरेपनि यौनिक तथा लैगिक अल्पसंख्यकप्रति हेर्ने समाजको दृष्टिकोण बदलिएको छैन । दैनिक जीवनमा उनीहरुले खेप्नुपर्ने दुखः हण्डरका पहाडै छन् ।
युरोपको क्यानडा र भारतको लेक्मे जस्ता अन्तराष्ट्रिय फ््यासन सोहरु, लिभाइज र केल्भिन क्लाइन जस्ता प्रख्यात ब्राण्डसँग काम गरिसक्नुभएकी तेस्रोलिंगी समूदायकी मोडलले आफ्नो फरक पहिचानकै कारण कति हण्डर खानु भएको छ ? दुःख हण्डरकाबीचबाट पनि उहाँ कसरी अन्तराष्ट्रिय स्तरमा उक्लिदै गइरहनुभएको छ ? नेपालमा कानूनी रुपमा सबै प्रकारको भेदभाव अन्त्य भइसक्दा यो समूदायका मानिसहरुलाई हेर्ने दृष्टिकोणमा समाजमा कति बदलाव आएको छ ? मानिस तेस्रोलिंगी जन्मजात हुन्छ कि पछि पछि हुर्कदै गर्दा आफ्नो इच्छाका कारण स्वाभाव बदल्ने प्रक्रिया हो ? नेपालमा तेस्रोलिंगी समूदायको अवस्था कस्तो छ ? समाजको व्यवहार कस्तो छ ? यीनै जिज्ञाशाको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, तेस्रोलिंगी समूदायको प्रतिनिधित्व गर्ने मोडल, अञ्जली लामा । आउनुहोस स्वागत गरौ आजकी मेरी अतिथी अञ्जली लामालाई ।
#ON_Trending #TOUGHtalk #Anjali_Lama #Dil_Bhusan_Pathak #Transgender
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook:
Twitter:
Youtube:
Podcast: (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram:

TOUGH talk,Dil Bhusan Pathak,Kantipur Television,Himalaya Television,Talk Show,Nepal,Fireside,Disanirdesh,Tamasoma Jyotirgamaya,Sidha Kura Janta Sangha,Ravi Lamichhane,

Post a Comment

0 Comments